टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड प्याक उपलब्ध गराउने
काठमाडौं ।
नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउने भएको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको भनाई छ ।
हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु स्टार१४१५स्टार११ह्याक्स डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै, ग्राहकहरुको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया