Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोले मनायो १६औँ वार्षिकोत्सव

ओप्पोले मनायो १६औँ वार्षिकोत्सव


काठमाडौं ।
ओप्पोले १६औँ वार्षिकोत्सव मनाएको छ । स्मार्टफोन कम्पनीले विगत वर्षमा आफ्नो परिचय फोन निर्माताबाट स्मार्ट उपकरण नवप्रवर्तनका रुपमा स्थापित गरिसकेको छ । आफ्ना पार्टनर्स तथा प्रयोगकर्ताका लागि उद्योगलाई विकासतिर अग्रसर गराउने खालका उच्च गुणस्तरीय सुन्दर डिजाइनसहितका प्राविधिक उत्पादन तथा सेवामार्फत कम्पनीले विश्वभर आफ्नो छाप छोड्दै आइरहेको जनाएको छ ।

यस वर्ष ओप्पोले फाइभजी, एआई, इमेजिङ र भोक फ्ल्यास चार्जिङ तथा कञ्जुमर टेक्नोलोजीका क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको दाबी गरेको छ । अगस्टमा नयाँ पुस्ताको हाइब्रिड जुम प्रविधि सार्वजनिक गर्दै तस्बिरका गुणस्तरको स्तरलाई नयाँ उचाइ प्रदान गरेको छ । साथै, फ्ल्याश चार्ज प्रविधिमा ओप्पोको अग्रतालाई थप सुदृढ बनाउँदै १२५ वाटको फ्ल्याश चार्जले प्रतिनिधित्व गरिरहेको फ्ल्यास चार्जको नयाँ लाइनअप पनि कम्पनीले सार्वजनिक गरेको छ ।

ओप्पोले यूके र यूरोपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइसिङ सर्भिसेजका साथ सफलतापूर्वक पहिलो फाइभजी स्ट्यान्डअलोन (एसए) पनि उपलब्ध गराइसकेको छ । हाल ओप्पो ५० भन्दा बढी ग्लोबल अपरेटर्ससँग सहकार्य गर्दै विश्वभर फाइभजीको बृहत्तत्व्यवसायीकरणलाई गति प्रदान गर्न अग्रसर रहेको छ । साथै, कम्पनीले सीभीपीआर २०२०मा एआई श्रेणीअन्तर्गत दुईवटा पहिलो स्थानको पुरस्कार पनि हात पारिसकेको जनाएको छ ।

त्यसैगरी अभूतपूर्व एआई प्रविधिको अन्वेषणका लागि डिपार्टमेन्ट अफ इन्टेलिजेन्ट पर्सेप्सन एण्ड इन्ट-याक्सनको स्थापना पनि गरेको छ । एकीकृत टेक फर्मका रुपमा स्थापित हुने उद्देश्यका साथ ओप्पोले आफ्ना प्रयोगकर्ताका पृथक् आवश्यकताको पूर्ति गर्दै विकसित हुँदै आइरहेको छ । इन्टेलिजेन्ट मोबाइल डिभाइस बिजनेस युनिटको स्थापना संगै कम्पनीले इयर बड्स, स्मार्ट वाच्ज र फाइभजी सीपीईलगायतका आईओटी उत्पादनहरु सार्वजनिक गरिसकेको कम्पनीको भनाइ छ । स्मार्टफोनका साथमा ओप्पो अहिले नयाँ बौद्धिक इको प्रणालीको निर्माणका लागि प्रयत्नरत रहेको बताएको छ ।

ओप्पोले हार्डवेयर, सफ्टवेयर र इन्टरनेट सेवाका लागि मूलभूत प्रविधिहरुको विकास गरिसकेको छ । उपभोक्ताकेन्द्रित ब्राण्डका रुपमा कलरओएसको नयाँ भर्जनले दृष्टि, श्रव्य र भौतिक अशक्तता भएका प्रयोगकर्ताका लागि टक ब्याक, फ्ल्यास अन कल र एक्सेसिबल मेन्यूलगायत सुविधापनि उपलब्ध गराइसकेको छ ।

हाल कलरओएसको मासिक सक्रिय प्रयोगकर्ताको संख्या विश्वभरमा ३७० मिलियनको हाराहारीमा रहेको छ । वषौँदेखि ओप्पोले आफ्नो मूलभूत मान्यतामा केन्द्रित रहँदै प्रविधिलाई पहिचान दिलाउने, सहज उपलब्धता र निजीकृत गर्ने कार्य गरिरहेको ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले बताए । ओप्पोले भविश्यमा पनि आफ्ना विश्वभरका प्रयोगकर्ता केन्द्रित डिजाइन तथा उत्पादन पस्कन आफ्ना ग्लोबल सप्लाई चेन पार्टनर्स, नेटवर्क अपरेटर्स र बिक्रेताहरुसँग अझ गहिरो र बलियो सहकार्यको आशा गरिरहेको उनको भनाई छ ।

प्रविधिले विश्व र मानवतालाई समेत थप नजिक ल्याउने कार्य गर्नुपर्ने ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनको मान्यता छ । ओप्पोले आफ्नो स्थापनाकाल देखि नै यही मान्यतालाई आत्मसात गर्दै अघि बढी रहेको उनले बताए । ‘भविष्यमा पनि ओप्पोले आफ्ना विश्वभरका उपभोक्तालाई खुला र बौद्धिक पर्यावरण निर्माण गर्दै अझ सुदृढ प्राविधिक अनुभव पस्कने कार्यलाई निरन्तरता दिनेछ’, टोनीले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया