Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा अल्ट्रोज प्रिमियम हृयाचब्याक नेपालमा

टाटा अल्ट्रोज प्रिमियम हृयाचब्याक नेपालमा


काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतीक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रविधिमार्फत आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्ष सुरुमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

सिप्रदीले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै सिप्रदीले बिहीबारदेखि नेपालभरका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ । कम्पनीका अनुसार टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फर्स्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन ।

यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्ने कम्पनीको भनाइ छ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ ।

आइडल स्टप÷स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डललगायतका अति उत्कृष्ट बिशेषताहरु रहेका छन । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, ईबीडी, सीएससी र डुअल एअरब्यागहरु रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया