Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई ग्राण्ड आई १० नियोस नेपालमा

हुन्डाई ग्राण्ड आई १० नियोस नेपालमा


काठमाडौं ।
नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई१० नियोसलाई नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल समारोहद्वारा उक्त गाडीलाई सार्वजानिक गरेको हो । कम्पनीका अनुसार हुन्डाई ग्रान्ड आई१० धेरै वर्षदेखि बजारमा सबैभन्दा मनपर्ने र प्रशंसा गरिएको कारमध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिस र थप विशेषताहरु भएको ग्रान्ड आई१० नियोस बजारमा ल्याएको कम्पनीको भनाइ छ । हुन्डाई ग्राण्ड आई१० नियोस कप्पा ड्युअल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ ।

उत्कृष्ट प्रदर्शनका लागि ८३ पिएस/६००० आरपिएम सर्वाधिक पावर दुवै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा यसमा पाउन सकिने कम्पनीको भनाइ छ । ग्राण्ड आई१० नियोसले ५–स्पिड म्यानुअल र स्मार्ट अटो एएमटी दुवै किसिमको ट्रान्समिसनमा उपलब्ध छ । हुन्डाई ग्राण्ड आई१० नियोसमा ग्लोसी ब्ल्याक -याडिटर ग्रिल, वुम-याङ्क आकारको एलईडी डीआरएल, स्टाइलिस टेल ल्याम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च एल्लो ह्विल्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई१० नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिलजस्ता रंगहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ग्राण्ड आई१० नियोस यात्राका लागि एक उत्तम सवारीसाधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पल कारप्ले, एन्ड्रोइड अटो र उत्कृष्ट आकारमा टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०।२५ सीएम) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई१० नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।

सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा बलियो संरचना, अघिल्लो भागमा एयरब्याग, सेन्सर भएको रियर पार्किङ क्यामेरा, इबीडीका साथ एन्टी–लक बेक्रिङ सिस्टम र ड्राइभर रियर भ्यू मोनिटर प्रस्तुत गरेको छ । हुन्डाई ग्राण्ड आई१० नियोसले नेपाली बजारमा आफ्नो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार कायम गरिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया