जीओ फोर्डको फोर्ड फेस्टिभ अफर
काठमाडौं ।
नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले दशैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरैजसो अटोमोबाइल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन् ।
कम्पनीका अनुसार यो वर्ष फोर्ड फेस्टिभ अफरअन्तर्गत ग्राहकहरुले तीनवटा अफरमध्ये एउटा छनौट गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले स्क्रयाच कार्ड योजनामा भाग लिएमा बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनौट गरी चार लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउनेछन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रुपैयाँ रहेको र बढीमा यो एक लाख ५० हजार रुपैयाँसम्म हुने कम्पनीको भनाइ छ । यो अफरअन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन् । त्यस्तै ग्राहकहरुले छ महिने ईएमआई होलिडे योजना छनौट गरेमा ग्राहकलाई पहिलो छ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुपर्दैन ।
यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुने र जीओ फोर्डले ग्राहकको पहिलो छ महिनाको ब्याजबापतको रकम तिरिदिने कम्पनीको भनाइ छ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् । त्यसैगरी ग्राहकले स्थगित भुक्तानी योजना छनौट गरेमा यस–योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २० प्रतिशतको लागि ग्राहकलाई चार महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ ।
बाँकी रकम तिरिसकेपछि बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउनेछ, ता कि ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नुपर्नेछैन । यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रिस्टाइल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै यस अफरमा नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निःशुल्क बीमाजस्ता नियमित लाभहरु पनि लिन सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया