ओप्पो एफ१७ प्रो नेपालमा चाँडै सार्वजनिक गरिने
काठमाडौं ।
ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओप्पो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्टमार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिनथालेको हो । ओप्पोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर/चलचित्र निर्माता सन्जोग राईलगायतका सामाजिक सञ्जाल पेजमा समेत फोनसम्बन्धी टिजर पोष्टहरु देखा पर्नथालेका छन् ।
ओप्पोद्वारा प्रस्तुत उत्पादनहरुमध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओप्पो एफ१७ प्रोमार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको अल्ट्रा स्लिक फेसनेबल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओप्पो एफ१७ प्रोले एफ सिरिजको मात्र नभई समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।
ओप्पो एफ१७ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओप्पो तथा एफ सिरिजअन्तर्गतकै सर्वाधिक फेसनेबल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि व्यापक प्रचार गर्न थालिएको देखिए पनि हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिबारे भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापि, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने बताइएको छ ।
हालसम्म कम्पनीले ओप्पो एफ१७ प्रोका विशेषताहरुबारे आधिकारिक जानकारी दिएको छैन । तथापि, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेश गरिने आशा गरिएको छ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेजमार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया