Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमको आन्तरिक उडान तालिका सार्वजनिक

निगमको आन्तरिक उडान तालिका सार्वजनिक


काठमाडौं ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडान तालिका सार्वजानिक गरेको छ । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सोमबार अर्थात् असोज ५ गतेदेखि सञ्चालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले सोमबारदेखि उडान सुचारु गर्ने गरी तालिका तय गरेको हो ।

निगमले काठमाडौं–रुकुम–काठमाडौं, रुकुम–नेपालगञ्ज–रुकुम आईतबार र बिहीबार, नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज आईतबार, काठमाडौं–भोजपुर–काठमाडौ सोमबार, मंगलबार र शुक्रबार उडान भर्ने भएको छ ।

यसैगरी काठमाडौं–दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौ आइतबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडांै बुधबार, नेपालगञ्ज–बाजुरा–नेपालगञ्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान भर्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया