हुन्डाईको ‘यसपालिको दशैँ तिहार, वेलकम टु हुन्डाई परिवार’ योजना
काठमाडौं ।
हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकहरुहरुलाई लक्षित गरी ‘यसपालिको दशैँ तिहार, वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइए यो योजनाको अवधि असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।
यस योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई औरा एक थान र हुन्डाई ग्राण्ड आई १० निओस एक थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् ।
यसैगरी कम्पनीले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मानस्वरुप ‘विशेष प्याकेज’ दिने निर्णय पनि गरेको छ । कम्पनीले नेपालभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीका अनुसार सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङ र एक वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया