स्किल सेवाद्वारा सेफ होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सञ्चालन
काठमाडौं ।
स्किल सेवा प्रालिले नेपालमा कोरोना महामारी बढेसँगै सेफ होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सञ्चालन गरिरहेको छ । कम्पनीले कोरोनाको विषम परिस्थितिलाई सामान्य (न्यु नर्मल) बनाउन स्किल होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सुरु गरेको कम्पनीका प्रमुख ओपरेटिभ अफिसर इ. महेश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकता दिँदै यस सेवाअन्तर्गत काम गर्न जाने कामदारहरुले अनिवार्य रुपमा पन्जा, मास्क, आइसिल्डको प्रयोग गर्नेछन् । हरेक पटक कार्यक्षेत्रमा प्रवेश गर्नुपूर्व र फर्किनुअघि अनिवार्य रुपमा तापक्रम जाँच गर्नुको साथसाथै रेनोभेसनको काम सम्पन्न गरी हस्तान्तरण गर्नु पूूर्वकार्य क्षेत्रलाई डिसइनफेक्टेट गर्ने, सेनिटाइज गर्ने र सोको डिप क्लिनिङसमेतको सुविधा दिने कम्पनीले जनाएको छ ।
स्किल सेवा होम इन्स्पेक्सन एण्ड रेनोभेसन एक इञ्जिनियरिङ्ग स्टार्टअप कम्पनी हो । नेपालमा इन्फेक्सन तथा रिनोभेसनको क्षेत्रमा पहिलो र एकमात्र ब्राण्डको रुपमा स्किल सेवाले विगत दुई वर्षदेखि सेवा दिँदै आएको छ । इन्फेक्सनअन्तर्गत कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी घरमा रहेका विभिन्न प्रकारका समस्याहरुलाई वैज्ञानिक हिसाबले दीर्घकालीन समाधानका लागि प्रोफेसनल ढंगले काम गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया