Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइजी ट्याक्सी नेपाल एपमार्फत दशैँमा घर जान ट्याक्सी बुकिङ खुला

इजी ट्याक्सी नेपाल एपमार्फत दशैँमा घर जान ट्याक्सी बुकिङ खुला


काठमाडौं ।
इजी ट्याक्सी नेपाल एपले दशैँमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको महामारीका बीचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा सञ्चालन हुने यातायातका साधन सञ्चालनमा समस्या भइरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सीले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

इजी ट्याक्सीले विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले सञ्चालन गर्नको लागि काम गरिरहेको जनाएको छ । इजी ट्याक्सीको चाडबाड अफर, ट्याक्सी चढी दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुविधासहितको बुकिङ्ग खुला गरेको हो । एपमार्फत नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् । जसअन्तर्गत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरी दर्ता गर्न सकिनेछ ।

कम्पनीले नेपालमा नै पहिलोपटक इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुविधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष सञ्जीत पौडेलले बताए । ‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थरुपमा दशैंमा मानिसहरु घर जान सकून् भनेर यो नयाँ सेवा शुरु गरेका हौँ ।

यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौँ’, अध्यक्ष पौडेलले भने । यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको विवरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए/नभएको जानकारी र ट्याक्सी नम्बरबारे समेत ट्र्याक गर्न सकिने सुविधा छ । इजी ट्याक्सी नेपाल एपमा आबद्ध ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन सेनिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ । इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका पाँच हजारभन्दा बढी ट्याक्सीहरु सञ्चालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ्रे बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ । सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुविधा लिन सक्नेछन् । अन्य सेवाग्राहीले भने एप डाउनलोड गर्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया