अरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच हकप्रद सेयर निष्काशन सम्झौता
काठमाडौं ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. र मुक्तिनाथ क्यापिटलबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अरुण भ्याली हाइड्रोपावरको १९औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको १ बराबर १ सेयरको अनुपातमा ९९ करोड ८३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको थियो । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ दरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हकप्रद सेयर निष्काशन गरेपश्चात् कम्पनीको कुल चुक्तापुँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी तीन हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरी २०५६ सालबाट व्यापारिक उत्पादन गरिरहेको छ । हकप्रद सेयरमार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत् आयोजना र अपर काबेली २ जलविद्युत् आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माणकार्यमा उपयोग गरिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया