टीभीएसको पर्व योजना : ‘टीभीएस दशैँको आशा’
काठमाडौं ।
नेपालको लागि टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता योजना ‘टीभीएस दशैँको आशा’ प्रारम्भ गरेको छ । कम्पनीका अनुसार यस उपहार योजनामा ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् ।
यस योजनाअन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटरमा सात हजार वा शून्य प्रतिशत ब्याजदरमा सम्बन्ध खरिद गर्ने सुविधा छान्न सकिनेछ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आरआर ३१० जित्ने अवसर पाउनेछन् ।
यस बम्पर उपहार योजनामा भाग लिनको लागि जो कोहीले पनि टीभीएस नेपाल डट कम/दशैँमा गएर फारम भर्नुपर्नेछ, जसमा किने पनि या नकिने पनि आरआर ३१० जित्ने अवसर पाइन्छ । यस बम्परको आकर्षण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बाबजुद भाग लिन र जित्न पनि सक्ने अवसर हो ।
दशैँ तिहार स्किम योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका प्रबन्धनिर्देशक साहिल अग्रवालले यस योजनाबाट सम्पूर्ण नेपालीहरुको महान् चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी आशा थप्न सफल हुने बताए । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्विलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।
नेपालभर सयभन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सीसीसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आरटीआर १६०, अपाचे आरटीआर २००४ भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको विविधता रहेको, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टु–ह्विलर ब्राण्ड बनेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया