Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेटीएम ३९० एड्भेन्चर नेपालमा सार्वजनिक

केटीएम ३९० एड्भेन्चर नेपालमा सार्वजनिक


काठमाडौं ।
नेपालको तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले बहुप्रतीक्षित केटीएम३९० एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालमा केटीएम३९० एड्भेन्चरको मूल्य नौ लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ । यो बाइकको बिक्री सोमबारदेखि सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस, १७० एमएमको अगाडिको ह्विल भएको डब्लुपीको लङ्ग ट्राभल सस्पेन्सन, मेटजेलरको नोबी टायरहरु, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ ह्विलबेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट रहेको छ ।

कम्पनीका अनुसार यस एड्भेन्चरको सबैभन्दा पृथक् पक्ष भनेका यसको साथमा आउने फस्र्ट क्लास इलेक्ट्रोनिक्सको सेट र राइडर एड हो, जुन अहिलेसम्म सुपर बाइकको साथमा मात्र उपलब्ध थियो । साथै ३९० एड्भेन्चर केटीएम ३९० डुके इन्जिनको बहुमुखी प्रतिभामा आधारित गरी बनाइएको कम्पनीले जनाएको छ ।

केटीएम ३९० एड्भेन्चर विशेष गरी उबड–खाबड तथा साँघुरो बाटो, अफरोड, ग्राभल, पानी क्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दूरीको यात्रा गर्न चाहनेहरुको लागि बनाइएको कम्पनीले जनाएको छ । यही ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र सहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एड्भेन्चर बनाइएको कम्पनीले जनाएको छ ।

‘रेडी टु रेस’ मन्त्रका साथ कम्पनीले नयाँ–नयाँ सेगमेन्टहरु भित्र्याउँदै आएको छ । कम्पनीले विभिन्न कठिन रेसहरुमा समेत लगातार प्रभुत्व जमाउँदै आएको बताएको छ । २००१ पछि आफ्नो केटीएमले ४५० -यालीको साथ १८ पटक च्याम्पियनसिप जितिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया