किया बिगेस्ट सरप्राइज अफ द इयर सार्वजनिक, चार लाख रुपैयाँसम्म डिस्काउन्ट
काठमाडौं ।
नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउनसक्ने कम्पनीले जनाएको छ ।
योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउनेछन् । ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधा पनि दिएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै व्यहोर्नेछ ।
कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजनाअन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ । कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया