भायानेटको चाडपर्वको अफर ‘भायानेट बडा दशैँमा बडा टिभी’
काठमाडौं ।
भायानेटले आफ्ना ग्राहकहरुको लागि यस वर्षको चाडपर्वको अफर ‘भायानेट बडा दशैँमा बडा टिभी’ ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैँमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।
यस योजनाअन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्च स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन् । यसैगरी ३२ इन्च स्काईवर्थ एलईडी टिभीको साथ ३० एमविपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार नौ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् ।
यसका साथै चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले इसेवाको छ सय ५० रुपैयाँसम्मको क्यास भौचर प्रदान गर्दै छ भने पुराना ग्राहकहरुले थप छ सय रुपैयाँसम्मको छुट पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने भायानेटको दाबी छ ।
भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडि टिभीमा स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ । भायानेट आफ्ना ग्राहकहरुलाई चाडपर्वको अवसरमा विभिन्न अफरहरु ल्याउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया