‘टीभीएस दशैँको आशा’ स्किमअन्तर्गत पहिलो हप्ताको विजेता छनोट
काठमाडौं ।
जगदम्बा मोटर्स प्रालिले टीभीएस दशैंको आशा योजनाअन्तर्गत पहिलो हप्ताको विजेता छनौट गरेको छ । हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गरिने गोलाप्रथाबाट बालाजु निवासी अमृतजंग सिटौला पहिलो हप्ताको विजेता बन्न सफल भएका छन् । उनले टीभीएसको नक्साल शोरुमबाट टीभीएस अपाचे आरआर ३१० जितेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटरको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।
यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि टीभीएस नेपाल डट कम/दशैमा गएर फारम भर्नुपर्नेछ । यसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्नसक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया