टोयोटा कोरोला क्रसको बिक्री सुरु
काठमाडौं ।
नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपालमा टोयोटा कोरोला क्रस एसयूभीको बिक्रीवितरण प्रारम्भ गरेको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलोपटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको हो । टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसबुक÷इन्स्टाग्राम पेजमार्फत बिहीबार नयाँ एसयूभीको बिक्रीवितरण कार्यको शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।
टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापानी कार हुन् । यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभी थाइल्यान्डमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो ४ सिलिण्डरको कार टीजीएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्यक्षमतालाई समर्थन गर्दछ ।
यो सीभीटी ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयूभी गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भने यो हलुका सवारीसाधन पनि बनेको छ । कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रिलले राम्रो लुक दिन्छ र यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तै गरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ ।
कोरोला क्रसमा सबैभन्दा लामो ह्विलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ । टोयोटा कोरोला क्रस एसयूभी भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायी छ । यसको भित्र फराकिलो स्थान छ भने खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मुनरुफको सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।
यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयूभी नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया