Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ१७ सिजनकै स्लिकेस्ट फोन

ओप्पो एफ१७ सिजनकै स्लिकेस्ट फोन


काठमाडौं ।
ओप्पो एफ१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ओप्पो एफ१७ को एक प्रमुख विशेषतामध्ये यसको वजन पनि एक हो । यसको वजन जम्मा १६३ ग्राम रहेको छ । कम्पनी काप्रो भर्जनका तुलनामा एफ१७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ । एफ१७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा–कोर चिपसेट क्लक्ड एट २जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ ।

ओप्पो एफ१७ मा सेल्फी क्यामेराका लागि वाटर–ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको व्यवस्था गरिएको छ । साथै, फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसैगरी फोनको पछिल्लो भागमा एफ/२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८एमपी वाइड–एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड क्यामेरा सेटअप दिइएको छ ।

त्यसैगरी, फोनको अघिल्लो भागमा १६एमपी क्षमताको शुटरको व्यवस्था फोनमा रहेको छ । यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप–सी पोर्टमार्फत सपोर्ट हुने ३०वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडरजस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपालमा सोमबारदेखि ओप्पो एफ१७को फर्स्टसेलमार्फत बिक्री खुल्ला गरिएको छ । सेप्टेम्बर २७ का दिन ओप्पो एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओप्पो वाट्चेजका साथमा ओप्पो एफ१७ पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिए पनि कार्यक्रममार्फत फोनको फस्र्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो । सोमबारदेखि बजारमा उपलब्ध गरिएको ओप्पो एफ१७ को बजार मूल्य ३३ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । ओप्पोको नेपालभर रहेका प्रमुख विक्रि केन्द्रहरुमार्फत एफ१७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८जीबी + १२८ जीबी भेरियन्टमा सार्वजनिक गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया