Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनी ट्रान्सफरको ‘दशैँ तिहारभर सयको अफर’ योजना

इ–सेवा मनी ट्रान्सफरको ‘दशैँ तिहारभर सयको अफर’ योजना


काठमाडौं ।
इ–सेवा मनी ट्रान्सफरले नेपालीहरूको महान् पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहारभर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत इ–सेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा एक सय रुपैयाँबराबरको रिचार्ज जित्न सकिन्छ ।

इ–सेवा मनी ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा एक सय रुपैयाँबराबरको रिचार्ज पाइनेछ भने सिधै इ–सेवा खातामा रकम प्राप्त गर्दा इ–सेवा खातामा एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागू हुनेछ ।

रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउन अग्रसर रहेकोे इ–सेवा मनी ट्रान्सफरले जापान, मलेसिया, बहराइन, यूएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । हालको विषम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्र्याउन आफूहरुले काम गरिरहने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया