Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको अनलाइन दशैँ सेल ‘दराज दशैँ धमाका’

दराजको अनलाइन दशैँ सेल ‘दराज दशैँ धमाका’


काठमाडौं ।
अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो सेल ‘दराज दशैँ धमाका’ लिएर आएको छ । यो धमाकेदार अभियान सोमबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दिनहुँ कोभिडका केसेहरु बढ्दै गइरहेको अवस्थामा यस अभियानमार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन् ।

यस अभियानअन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स, दराज मलमा पाइने ब्रान्डेड उत्पादनहरूमा भारी छुट, आकर्षक भौचरहरु, बम्पर उपहारमा टीभीएस अपाचे आरटीआर १६० ४ भीएसडी, कार्ड प्रिपेमेन्टमा छुट, फ्ल्यास सेल्स, निःशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, विल अफ फच्र्युन र अन्य धेरै आकर्षणहरु उपहारहरु पाउने कम्पनीले जनाएको छ । यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टीभीएस र कोकाकोला रहेका छन् ।

दराजले बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्डमार्फत पूर्वभुक्तानीमा २० प्रतिशत (अधिकतम दुई हजार पाँच सय रुपैयाँ)सम्मको छुटको पनि व्यवस्था गरेको छ । नबिल बैंक, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक र कुमारी बैंकका ग्राहकहरुले उक्त सुविधा पाउनेछन् । उपभोक्ताहरुसँग उक्त बैंकहरुको कार्ड छ तर अनलाइन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्नुपर्नेछ ।

अनलाइन लुडो प्रतियोगिता : उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराजले अनलाइन लुडो प्रतियोगिताको पनि घोषणा गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया