Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्लासिक लिजेन्ड्सका जाभा र जाभा ४२ नेपाली बजारमा

क्लासिक लिजेन्ड्सका जाभा र जाभा ४२ नेपाली बजारमा


काठमाडौं ।
भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको क्लासिक लेजेन्ड्स नेपाली बजारमा प्रवेश गरेको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको हो ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जाभा र जाभा४२ मोडेल उपलब्ध गराउने भएको छ । कम्पनीको नेपाल प्रवेशसँगै नेपालमा जावा अनुसरणकर्ताहरूका लागि लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुने गरी प्राप्त गर्नेछन् । कम्पनीको नेपाल प्रवेशको घोषणा गर्दै क्लासिक लिजेन्ड्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भारतमा जस्तै नेपालमा पनि जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम पाउने बताए । उनले नेपालमा जाभाको अत्यधिक माग भएकोले कम्पनीले सुरुवातमा नै नेपालमा जाभा र जाभा४२ गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्ने जानकारी दिए ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा सहज रुपमा विस्तार गर्ने बताए । जाभा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकुस्थित शोरुमहरुमा उपलब्ध हुनेछ । त्यसपछि नेटवर्क विस्तारै देशभर विस्तार हुने कम्पनीले जनाएको छ । यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइनेछ ।

साथै आगामी दिनमा योजनाबद्ध रुपमा बिक्री कक्षलाई काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगञ्ज र बुटवलजस्ता प्रमुख सहरहरूमा पूर्ण रूपमा सञ्चालन गरिनेछ । यी सहरहरूका ग्राहकहरूले आफ्नै सहरहरूमा आइकोनिक मोडलका जाभा र जाभा४२ गरी दुई मोटरसाइकलहरूको बुक गर्न र टेस्टराइड गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया