Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टीभीएस दशैँको आशा’ विजेतालाई आरआर ३१० हस्तान्तरण

‘टीभीएस दशैँको आशा’ विजेतालाई आरआर ३१० हस्तान्तरण


काठमाडौं ।
टीभीएस दशैँको आशा योजनाअन्तर्गत विजेता बनेका अमितजंग सिटौलालाई आरआर ३१० हस्तान्तरण गरिएको छ । विजेता बनेका अमितजंगले टीभीएस एनटर्क खरिद गरेका थिए । टीभीएस दशैँको आशा योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरेर पनि यो योजनामा सहभागी बन्नसक्ने छन् ।

यो योजनाअन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गोलाप्रथाद्वारा विजेता घोषण गरिनेछ । पहिलो हप्ताको विजेतालाई आरआर ३१० हस्तान्तरण गरिएको हो । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार रुपैयाँ र स्कुटरको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि कम्पनीको वेबसाइट टीभीएस नेपाल डट कम/दशैँमा गएर फारम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्नसक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया