Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदि गोेको ‘दि गोे स्वर्ण उत्सव’

दि गोेको ‘दि गोे स्वर्ण उत्सव’


काठमाडौं ।
दि गोेले दि गोे ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दशैँ अफर ‘दि गोे स्वर्ण उत्सव’ सार्वजनिक गरेको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउनेछन् । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् ।

यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङलगायतको लाभ पनि लिन पाउने छन् । दि गोेले नेपाली बजारमा दि गोे इ८, डीएफएसके डाँफे, जोयलङ इ६ र सीएचटीसी इ–बस सार्वजनिक गरेको थियो ।

यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दि गोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनईडीसी २०० किलोमिटर) गुड्छ । यसैगरी डीएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ ।

यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनईडीसी ३०० किलोमिटर) गुड्छ । यस्तै कम्पनीको जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ ।

एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनईडीसी २८० किमि) गुड्छ । साथै सीएचटीसी इ–बस २८ सिटको छ । १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकताअनुसार मिलाउन सकिन्छ ।

यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ । चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दि गोे कम्पनीका सीईओ हेमन्त पुरानिकले यो बजारमा उपलब्धमध्येको उत्कृष्ट अफर भएको दाबी गरे । उनले भने, ‘ग्राहकले एकातिर सवारीसाधनमा धेरै आकर्षक अफर पाइरहनुभएको छ भने त्यही समयमा उहाँहरुले विद्युतीय वाहनको जबर्जस्ती लाभ पाउनुहुन्छ ।’

यो अफरमार्फत पर्वको उमंग र खुसियाली ल्याउन चाहेकोले चाँडै नै सबै ठीक हुने र आवश्यक सबै सावधानी अपनाएर पर्व मनाउने बताए । उनले भने, ‘हामी सबैजनालाई सुस्वास्थ्य र समृद्धिसहित ज्यादै सुखद र सुरक्षित दशैँको कामना गर्दछौं ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया