Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोर्डको इकोस्पोर्ट पावर च्यालेन्ज

फोर्डको इकोस्पोर्ट पावर च्यालेन्ज


काठमाडौं ।
जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड)ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ । कम्पनीका अनुसार फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयूभी, बहुआयामिक तवरले लोकप्रिय एसयूभी हो । यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी ड्रयागन सिरिज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयूभी भएको कम्पनीको दाबी छ ।

यसै शक्तिलाई प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको जनाएको छ । ग्राहकले यस योजनामा भाग लिन न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नुपर्नेछ । त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ र फोर्ड इकोस्पोर्टसँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिनसक्छ ।

इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकमभन्दा दोब्बर रकम फिर्ता पाउने कम्पनीको दाबी छ । सन २०२० मा बनेको इकोस्पोर्ट भारत स्टेज भीआईमा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ छ ।

पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टी–भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टरक्यू प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिङ ट्रान्समिसनमा उपलब्ध छ । यस इकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया