Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्कार्टस् मेसिन खरिदमा विशेष अफर

स्कार्टस् मेसिन खरिदमा विशेष अफर


काठमाडौं ।
नेपालका लागि स्कार्टस् कन्ट्रक्सन ईक्वीप्मेन्टको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले स्कार्टस् मेसिन खरिदका लागि दशैं तिहारमा विशेष अफर ल्याएको छ । सो अफरअन्तर्गत कुनै पनि स्कार्टस् मेसिनको खरिदमा ग्राहकले यासुदा ब्राण्डको होम एपलाइन्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।
आइएमई अटोमोटिभ्स्ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाइनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितिमा फाइनान्सको सुविधाले ग्राहक महानुभावहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

स्कार्टस् ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो । साथै ब्याको लोडर, रोलर र कम्प्याकटरलगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्री हुने गरेका छन् । स्कार्टस्ले बिक्रीलाई मात्र नभइ बिक्रीपछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया