Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएड्भेन्चर मिट्स फन : रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

एड्भेन्चर मिट्स फन : रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने


काठमाडौं ।
डाट्सनले आफ्नो नयाँ गाडी रेडि–गो नेपाली बजारमा सार्वजानिक गरेको छ । स्पोर्टी तथा प्रोग्रेसिभ नयाँ रेडि–गो गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरुले भरिपूर्ण सुविधाहरु रहेका छन् । निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोकका अनुसार नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको छ । यो जापानिज प्रविधिद्वारा निर्माण गरिएको हो । कम्पनीले डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोबिलिटीलाई बढाउँदै गइरहेको जनाएको छ ।

कम्पनीका अनुसार हेचब्याकमा १८७ एमएमको सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फोर्टले ( सेडानको जत्तिकै सुविधा) उत्कृष्ट सुविधा प्रदान गर्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिने कम्पनीको दाबी छ । नयाँ रेडि–गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्लेमार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । कम्पनीका अनुसार यसमा प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्ट्रुमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको कम्पनीको भनाइ छ । यसमा ठूलो दुर्घटनाबाट बच्नका लागि त्यसै किसिमको बढी स्ट्रक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्र्याक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यू क्यामेरा पनि रहेको छ ।

कम्पनीका अनुसार यो चाडबाडको मौसममा नयाँ रेडि–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ । त्यसैगरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । त्यसै गरी स्मार्ट ड्राइभ अटो (एएमटी) टि (ओ) को भेरियन्ट पनि छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ रेडि–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ । स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ डाट्सन रेडी–गो को मुल्य नेपालमा २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरि डाट्सनले १ वर्षको वा २० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी पनि उपलब्ध गराएको छ । यो प्रवर्धनात्मक अवधिमा खरिद गर्ने ग्राहकहरुलका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३० हजार किलो मिटरसम्म वारेन्टी प्राप्त हुने कम्पनीले जनाएको छ । त्यसैगरी खरिदकर्ताले चालु आ.व.को सवारी कर तथा काठमाडौं उपत्यकाभित्र रोडसाइट सेवा पनि प्राप्त गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया