Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफुडमाण्डु र डक्टर्स अन कल नेपालबीच सहकार्य

फुडमाण्डु र डक्टर्स अन कल नेपालबीच सहकार्य


काठमाडौं ।
फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी)का साथ साझेदारी गरेको छ । कम्पनीमा संलग्न सबैको राम्रो स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रयासअन्तर्गत फुडमाण्डुले डीओसीसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापछि डीओसीले स्वास्थ्य र सुरक्षा सल्लाहकारको भूमिका खेल्नेछ ।

डीओसीले सुरक्षा कदमहरूलाई प्राथमिकता दिन, स्क्रिनिङ प्रोटोकोललाई सुदृढ गर्न, मानव संसाधन नीति लागू गर्न, कोभिड १९ का लक्षणबारे कर्मचारीलाई शिक्षित पार्दै तालिम र वर्कशपमार्फत रोकथामको कार्य गर्नेछ । साथै आईटी प्रणालीलाई उपयोग गर्दै कामका आवश्यकताहरू विकास गर्न सहयोग गर्ने, कर्मचारी र उनीहरूका परिवारका लागि अनलाइन डाक्टर परामर्शमा फुडमान्डुलाई सहयोग पु-याउने बताइएको छ । कम्पनीका लागि चौबीसै घण्टा र आकस्मिक योजनाहरू समेत उपलब्ध गराउनेछ ।

फुडमान्डुले उनीहरूको पार्टनर रेष्टुरेन्टहरूसँग डेलिभरी साइकलमा सुरक्षाको कमीहरू हटाउने आशामा सुरक्षा मापदण्ड गाइडलाइनहरु कार्यान्वयन गर्न पनि प्रयत्न गरेको छ । डीओसीले फुडमाण्डुका राइडरको सवारीसाधन र प्रयोग गरिने झोलाहरूको लागि एउटा कीटाणुशोधन क्षेत्र स्थापना गर्नेदेखि लिएर कर्मचारीहरूका लागि कोभिड १९ जागरूकता कार्यशाला सञ्चालन गर्ने, कम्पनीमा स्यानिटाइजेसन स्टेसन स्थापना गर्नेलगायतको काम गर्ने सम्झौतामा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया