Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक


काठमाडौं ।
फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सोमबार अनावरण गरेको छ ।

यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्यांक संकलन गरी बनाइएको सूचनागत दृश्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश छन् । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो ।

यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्यांक र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ । यो संस्करणको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । यस पटक पाठकहरुले यो पुस्तक विभिन्न अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया