Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहामारीमा आईएमईको ‘भरोसा कोष’

महामारीमा आईएमईको ‘भरोसा कोष’


काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । कोशबाट २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० गतेसम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकहरुलाई आर्थिक सहायता उपलब्ध गराइनेछ ।

उक्त आर्थिक सहायता लिनको लागी नेपालमा हुने आफन्तहरूले आवश्यक विवरण सहित काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालय पानीपोखरीका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म आवेदन दिन सकिने छ ।

यसरी आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने बताईएको छ ।

आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत सोमबार एक आह्वान पत्र जारी गर्दै कम्पनीले सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक नसकेको बताएको छ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको कम्पनीको भनाई छ । यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया