Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टीभीएस दशैँको आशा’ तेस्रो विजेतालाई आरआर ३१० हस्तान्तरण

‘टीभीएस दशैँको आशा’ तेस्रो विजेतालाई आरआर ३१० हस्तान्तरण


काठमाडौं ।
टीभीएस दशैंको आशा योजनाअन्तर्गत विजेता हुन सफल हेमलता ठगुन्नालाई आरआर ३१० हस्तान्तरण गरिएको छ । तेस्रो हप्ताको विजेतालाई आरआर ३१० हस्तान्तरण गरिएको हो । विजेता बनेकी हेमलता ठगुन्नाले टीभीएस जुपिटर ११० खरिद गरेकी थिइन् ।

टीभीएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल खसिद गरेर वा खरिद नगरेर पनि यो योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनाअन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रसारणमार्फत गोलाप्रथाद्वारा विजेता घोषणा गरिनेछ ।

यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटरको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यी दुईमध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया