Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘ब्ल्याक पिंक डान्स फेस्टिभल’को उपाधि क्लेस्टाइललाई

‘ब्ल्याक पिंक डान्स फेस्टिभल’को उपाधि क्लेस्टाइललाई


काठमाडौं, पुस १३
सामसुङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधि क्लेस्टाइल टिमले हात पारेको छ । उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै क्लेस्टाइलले ‘ब्ल्याक पिंक डान्स फेस्टिभलको उपाधि रच्न सफल भएको हो । प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका १० प्रतियोगी समूहबाट क्लेस्टाइल टिम आफूलाई अब्बल साबित गर्न सफल भएको हो ।

राजधानीमा शनिबार सम्पन्न भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङमा आफ्नो डान्स प्रस्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरुबाट प्रतिस्पर्धाका लागि निर्धारित तीन जनाको जुरी समूहले विजेता घोषणा गरेको हो । प्रतियोगितामा थ्रीएपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रेडो–इन क्रु समूह दोस्रो हुन सफल भएको छ । विजेतामध्ये प्रथम हुने टिमले चार सेट सामसुङ ए८० फोन, द्वितीय हुनेले सामसुङ ए५०एस र तृतीय हुनेले सामसुङ ए३०एस फोन सेट प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि गत मगलबार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । उनीहरुलई सुरुमा कुनै पनि के पप संगमा १ मिनेटको नाच रेकर्ड गरी सामसुङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । प्रतियोगितामा सहभागी हुनका लागि कम्पनीले डिसेम्बर महिनाको २० तारिखसम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसुङ नेपालका तर्फबाट ५/५ हजारभन्दा बढीको उपहार प्राप्त गरेका छन् । त्यस्तै शनिबारको फाइनल राउण्डमा ४ सयभन्दा बढी दर्शकका बीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पनि उनीहरुले प्राप्त गरे । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका गिफ्ट समेत प्राप्त गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x