रनर मोटरसाइकलको खरिदमा ५१ हजारसम्म छुट पाइने
काठमाडौं ।
बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकलको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने भएको छ । कंपनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर हो ।
साथै कम्पनीले मोटरसाइकलजगतमै सर्वाधिक छ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको छ । यसका साथै कम्पनीले कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने जनाएको छ ।
कम्पनीका अनुसार देशैभर करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहारअन्तर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउनेछन् । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । उक्त ब्राण्डको दिनदिनै बजार बढ्दै गएको कंपनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया