Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगद ब्रिटिश कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय शीर्ष २० मा

द ब्रिटिश कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय शीर्ष २० मा


काठमाडौं ।
द ब्रिटिश कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । द ब्रिटिश कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड युकेमा रहेका विश्वविद्यालयमध्ये शीर्ष २० मा पर्न सफल भएको छ । युकेमा एक सयभन्दा बढी विश्वविद्यालयहरु रहेका छन् । पछिल्लो सर्भेका अनुसार युडब्लुई रोजगारी पाउने विश्वविद्यालयको शीर्ष २० औँ स्थानमा रहेको छ । यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सी हिसाले सार्वजनिक गरेको हो । हिसाले प्रत्येक वर्ष विश्वविद्यालयहरुबारे सर्भे गर्दै आइरहेको छ । सर्भेका अनुसार यो विश्वविद्यालयबाट उत्तिर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशत विद्यार्थीहरुले रोजगारी पाउँदै आइरहेका छन् ।

यो वार्षिक सामाजिक सर्भेले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्लुईमा अध्ययनरत विद्यार्थीहरुले ग्राजयुटपछि रोजगारीको अवसर पाउनेमा यो विश्वविद्यालय शिर्षस्थानमा रहेको छ । पूरै युकेमा १८औँ स्थानमा रहेको छ ।द ब्रिटिश कलेजबाट बिबिए र एमआइबिएम ग्राजुयटले युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डको डिग्री प्राप्त गर्छन् । युडब्लुईका भाइस चान्सलर प्रोफेसर स्टीभ वेस्ट भन्छन्, ‘ग्राजयुटका लागि रोजगारी प्राप्तिका लागि र सकारात्मक भिजनका लागि युनिभर्सिटी एलायन्स शीर्षस्थानमा रहेको छ ।’ पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा रोजगारीका लागि ठुलो प्रतिस्पर्धा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया