Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सुपर बाइकको शान बढाउँदै होण्डा सीबीआर ६०० आरआर’

‘सुपर बाइकको शान बढाउँदै होण्डा सीबीआर ६०० आरआर’


काठमाडौं ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा सीबीआर ६०० आरआरलाई नेपाली बजारमा भित्राएको छ । कम्पनीका अनुसार स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स र फिचरहरुले सबैलाई आकर्षित गर्नेछ ।

४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सीबीआर ६०० आरआरमा ५९९ सीसीको इञ्जिन क्षमता रहेको छ । ६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्नेछ । ६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिडमा एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया