इ–सेवाको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ योजना
काठमाडौं ।
हिन्दू नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यस उपहार योजनाअन्तर्गत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजारभन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् । यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
यो अवधिमा इ–सेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्ये गोलाप्रथा गरी विजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्वजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिने कम्पनीले जानकारी दिएको छ । यस उपहार योजनामा इ–सेवाले एमएसआ, मिनिसो, केकेफसी, टीएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापुजस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।
इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया