Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपन्ड्स नेपालद्वारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन

पन्ड्स नेपालद्वारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन


काठमाडौं ।
पन्ड्स नेपालले पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन गरेको छ । नेपालीहरुको महान् चाडबाड दशैँ सुरु भएसँगै सबै नेपालीहरुमा हर्षोल्लास छाएको भन्दै पन्ड्स नेपालले पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन गरेको जानकारी दिएको छ ।

पण्ड्स नेपालले महान् चाडबाड दशैँ मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पण्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनुपर्नेछ र सो फोटोहरु प्राप्त भएपश्चात् प्रतियोगीहरुको सहमतिसँग पण्ड्स नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिनेछ ।

साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो सेयर गर्नुपर्नेछ । अपलोड भएका फोटोहरुमध्ये पाँच सहभागीहरुलाई छनौट गरी लक्की ड्रमार्फत यस प्रतियोगिताको विजेता घोषणा गरिनेछ । विजेताहरुले उपहारस्वरुप पण्ड्सको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । पन्ड्स नेपालद्वारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिता कात्तिक ५ देखि १५ गतेसम्म सञ्चालन जानकारी दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया