Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा आईओटी पर्यावरणको महत्वाकांक्षी विस्तारमा

ओप्पोद्वारा आईओटी पर्यावरणको महत्वाकांक्षी विस्तारमा


काठमाडौं ।
ओप्पोले सेप्टेम्बर १९ का दिन ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि आयोजित कार्यक्रममार्फत ओप्पोले, ओप्पो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ इयरफोन्स, ओप्पो वाट्च आरएक्स, ओप्पो टीभी एसवान र ओप्पो टीभी आरवान सिरिजलगायतका साथमा आफ्नो आईओटी इकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका नयाँ उत्पादनहरुले ओप्पोकोे आईओटी बजार पोर्टफोलियो विस्तार गर्ने रणनीतिक योजना प्रतिविम्बित गरेको छ । मानव स्पर्शका साथमा ओप्पोले विभिन्न अवस्थामा उपयोगी पृथक् उपकरणका साथमा स्मार्ट अनुभव पस्किने अथक प्रयास गरिरहेको छ । यस कार्यमा सफलताका लागि स्मार्टफोन्स, टीभी, इयरफोन्स र वाट्चेजलगायत कोर एन्ट्रिलेभल उपकरणहरुमा निरन्तर नवप्रवर्तन पस्किरहेको छ । ओप्पोले अत्याधुनिक प्रविधिलाई मनमोहक डिजाइनका साथमा उपलब्ध गराउँदै उपभोक्तालाई बौद्धिक तथा रमणीय जीवन व्यतित गर्न सघाउँछ ।

आवाजलाई नयाँ परिभाषा दिँदै ओप्पो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ इयरफोन्स : ओप्पो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ इयरफोन्स सार्वजनिक गर्नका लागि अग्रणी वैश्विक हाईफाई ब्राण्ड डाइनअडियोसँग सहकार्य गरेको छ । इयरफोन्स ट्युनिङ डाइनअडियो ए÷एसका चिफ एकोस्टिक विशेषज्ञ ड्यानियल इमोन्ट्सले गरेका हुन् । उनी अवार्ड जितिसकेका विभिन्न डाइनअडियो स्पिकर्सका एकोस्टिक डिजाइनर हुन् ।

एक्सक्लुजिव डीबीईई ३.० एकोस्टिक प्रणालीद्वारा सञ्चारित तथा नवप्रवर्तनात्मक एकोस्टिक स्ट्रक्चरल डिजाइन सुसज्जित, ओप्पो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ इयरफोन्सले उच्च गुणस्तरीय आवाज प्रस्तुत गर्नुका साथै सन्तुलित र प्राकृतिक ध्वनि प्रेषित गर्ने क्षमता राख्छ । साथै, यसमा रहेको न्वाइज क्यान्सलिङ फंक्सनले हरेक किसिमका सिनेरियोमा काम गर्नुका साथै एएनसी डुअल एक्टिभ न्वाइज क्यान्सलेसन, मल्टिलेभल न्वाइज रिडक्सन म्यानेजमेन्ट र ट्रान्सपेरेन्सी मोडमा हुँदा प्राकृतिक सञ्चार सुविधा पनि उपलब्ध गराउँछ । यी इयरफोन्सले ट्रिपल माइक्रोफोन कल न्वाइज क्यान्सलेसन र वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ ।

ओप्पोद्वारा मूल प्रविष्टिस्तरका आईओटी उत्पादनहरु सार्वजनिक : आयोजित कार्यक्रममार्फत ओप्पोले टीभीका दुई सिरिज, ओप्पो टीभी एसवान र ओप्पो टीभी आरवानलाई तीन भिन्न मोडल्समा सार्वजनिक गरेको छ । ६५ इन्चको ओप्पो टीभी एसवानमा फोरके क्यूलेड रिजोल्यूसन क्वान्टम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ । यसमा रहेको १२० प्रतिशत अल्ट्रावाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेण्ट ग्राफिक्स र सहज र स्मूथ कलर ट्रान्जिसनमा सघाउँछ । यसमा रहेको १२० एचजेड रिफ्रेस रेट र भ्यारिएबल रिफ्रेस रेट (भीआरआर)ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मूथ र अझ प्राकृतिक देखाउन सघाउँछ ।

टीभीको एकोस्टिक परफरमेन्सको कुरा गर्दा ओप्पोले यसमा सटिक सिनेम्याटिक साउण्ड क्वालिटी दिन डायनअडियोसँग सहकार्य गरेको छ । ओप्पो टीभी एसवानमा ८५वाटसम्म उर्जा दिने र ५.१.२ च्यानल्स र डल्बी एट्मस सपोर्ट गर्ने अठार स्टेरियो सराउण्ड साउन्ड स्पिकर्स जडित छ । ओप्पो टीभी आरवान ५५ इन्च र ६५ इन्च मोडल्समा क्वाडकोर प्रोसेसर र हाईस्पिड वाईफाई सिक्सका साथमा उपलब्ध गरिएको हो । ‘ईन्स्ट्यान्ट अन’ फिचर सुसज्जित यी टीभीले प्रयोगकर्तालाई लिभिङ रुमको नयाँ अनुभव प्रदान गर्छ ।

साथै, ओप्पोले आफ्नो पहिलो राउण्ड डाइल स्मार्टवाट्च ओप्पो वाट्च आरएक्स र परिष्कृत कलरओएस वाट्च १.५ नयाँ डाइल्स, स्पोर्ट्स मोड्स र प्रयोगकर्ता अनुभवमा थप सुधारका लागि विभिन्न एप्सका साथमा सार्वजनिक गरेको छ । चीनमा लिग अफ लेजेन्ड्ससँग सहकार्य गर्दै ओप्पो वाट्च लिग अफ लेजेन्ड्स लिमिटेड एडिसन, ओप्पो वाट्च आरएक्स लिग अफ लेजेन्ड्स लिमिटेड एडिसन र ओप्पो फाइन्ड एक्सटू लिग अफ लेजेन्ड्स इस्पोर्ट्स ः वाल्र्ड्स २०२० एडिसन गरी तीन नयाँ कस्टम उत्पादन उपलब्ध गराएको छ ।

‘यसका साथै हामी हाम्रो इन्टरनेट एक्स्पेरियन्स स्ट्रेटिजी नयाँ ओप्पो इकोसिस्टमअन्तर्गत नयाँ रणनैतिक गोलको घोषणा गर्दछौँ’, चाइनिज मेनल्याण्डका अध्यक्ष बबी लिउले भने, ‘यसको अर्थ अब भविष्यमा सार्वजनिक हुने ओप्पोका उत्पादनहरु हाम्रो नयाँ कनेक्टेड इकोसिस्टमका अंग हुनेछन् । यसको उद्देश्य चिन्तारहित, उपभोक्ताका लागि सुन्दर स्मार्ट लाइफ हुनेछ ।’

कनेक्टेड फ्युचरतिर, ओप्पोको थप एक कदम : विश्वभर फाइभजी र एआई प्रविधिको विस्तारसँगै ओप्पो इन्टरनेट अफ थिंग्सको युगतिर तीव्र गतिमा अग्रसर भइरहेको छ । यस युगमा विभिन्न उपकरणबीचको अन्तक्रियाको माग व्यापकरुपमा बढी रहेको छ । विश्वकै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओप्पोको परिचय अब स्मार्टफोन निर्माताका रुपमा मात्र सीमित छैन । कम्पनीले आफ्नो दीर्घकालीन योजनालाई नयाँ आईओटी इकोसिस्टम निर्माणमा केन्द्रित गरिसकेको छ ।

भविष्यमा ओप्पोले आफ्नो ध्यान व्यक्तिगत मनोरञ्जन, होम अप्लायन्सेस र फर्निसिङ र खेल तथा स्वास्थ्य गरी विशेषतः तीन प्रमुख प्रयोग सिनेरियोमा केन्द्रित गर्नेछ । यसैमा आधारित भई ओप्पोले भविष्यमा आफ्ना आईओटी लाइनअपको विस्तार गर्नेछ ।

ओप्पोले आफ्नो आईओटी नीतिको घोषणा पहिलोपटक ओप्पो इन्नो डे २०१९मा गरेको थियो । सो समयमा कम्पनीले आफ्नो ध्यान आफ्ना प्रमुख इन्ट्रिलेभल उत्पादनमा केन्द्रित गर्दै खुल्ला आईओटी इकोसिस्टम स्थापना गर्नेतिर अग्रसर हुने जानकारी दिएको थियो । नयाँ घोषणासँगै ओप्पो, इन्टिग्रेटेड एप्लिकेसन सिनेरियो निर्माण गर्दै, स्मार्ट अनुभवमा सुधार दिँदै तथा आफ्ना पार्टनर्ससँग सहकार्य गर्दै प्रभावकारी इकोसिस्टम निर्माणको कार्यमा थप एक कदम अगाडि बढेको छ ।

उपभोक्तालाई त्रुटिरहित, मानव स्पर्शसहितको शानदार स्मार्ट जीवन दिने उद्देश्यका साथ ओप्पोले अत्याधुनिक प्रविधि र सटिक कनेक्टिभिटीको समीकरणका लागि आफ्ना विश्वभरका पार्टनर्ससँगको सहकार्यमार्फत र सफ्टवेयर तथा हार्डवेयरको समीकरणमार्फत नयाँ इन्टेलिजेन्ट अनुभव पस्किरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया