Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा हाई–प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

ओप्पोद्वारा हाई–प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा


काठमाडौं ।
ओप्पोले मोबाइल फोन नेभिगेसन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्वविकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ । मोबाइल नेभिगेसनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथ ओप्पोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउनलागेको हो ।

आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट)मा आधारित छ । यसले मेजरिङ स्टेसन्समार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोसेस गरी स्थानका बारेमा सटिक जानकारी प्रस्तुत गर्छ । जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्योगिक मापनका लागि गरिन्थ्यो । यसको सिधा प्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो ।

ओप्पोले एक्सेलेरोमिटर र गायरोस्कोपलगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो । यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनीकरणमा समेत सघाव पु-याउँछ ।

‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी युगमा इन्डोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेसन्सका लागि सुदृढ नेभिगेसन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओप्पोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो ।

यो प्रविधिले असीमित प्रयोगर्तालाई फाइदा पु-याउने कुरामा हामी विश्वस्त छौँ’, ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने । सन् २०२१ देखि व्यावसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओप्पो यस प्रविधिलाई परिपूर्ण र व्यावसायिक बनाउने कार्यमा लागिपरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया