एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफबीच सहकार्य
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले कोरोनासम्बन्धी जनसचेतना फैलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको हो ।
कोरोनासम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाइएको छ । यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्नेलगायतका विभिन्न जान्नैपर्ने जानकारीहरु समावेश गरी कोरोनाको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस विषम परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रको एक जिम्मेवार व्यावसायिक नागरिकका रुपमा एनसेलले जनमानसमाझ कोरोनाबारे जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । कोरोनाविरुद्ध एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विशेषज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने एउटा उदाहरण मात्र भएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्व नै स्वास्थ्य संकटको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्यसम्बन्धी जनसचेतनामूलक कार्यहरुले प्रमुख भूमिका राख्ने बताए । कोरोना महामारीको प्रतिकार्यका लागि पूरा विश्वमा नै सरकारहरु, एनसेलजस्ता निजी क्षेत्रहरु र युनिसेफजस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागि कार्यहरु गरिरहेको उनले बताए ।
हालको अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । ‘कोभिड–१९ बालबालिका, परिवार तथा पूरै विश्वभरका समुदायको लागि सार्वजनिक स्वास्थ्य संकटको रुपमा रहेको छ । यनिसेफले नेपाल सरकारसँगको सहकार्यमा यस महामारीसँग लड्न काम गरिरहेको छ र एनसेलजस्ता विभिन्न निजी संस्थाहरुसँगको सहकार्यले कोरोनाविरुद्धको अभियानमा वास्तवमै ठूलो महत्व राख्छ । विशेषतः यस संकटको समयमा मानिसहरुलाई कोरोनाबाट बच्ने महत्वपूर्ण सन्देशहरु प्रवाहमा गरिएको सहयोग निकै महत्वपूर्ण छ’, नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले भनिन् ।
एनसेलले जनस्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कोरोनासम्बन्धी जनसचेतना अभिवृद्धि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै वर्गमाझ यीे सन्देशहरु पु-याउने काम गरिरहेको छ । कोरोना संक्रमणबाट बच्न र बचाउन यी सन्देशहरु एनसेलले आम सञ्चारका विभिन्न माध्यमबाट समाजका हरेक तह र तप्कासम्म पु-याउने काम गरिरहेको छ ।
कोरोनाविरुद्धको पहलअन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ १० करोड सहयोग गरेको थियो । यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पु-याउँदै आएको छ । साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पु-याउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया