शिवम् सिमेन्ट्सले नगद लाभांश दिने
काठमाडौं ।
शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको वार्षिक साधारणसभा सोमबार कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौंको अनामनगरको सभाहल तथा भर्चुअल मिटिङमार्फत सम्पन्न भएको हो ।
कम्पनीे सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार गोयलले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजी चार अर्ब ४० करोडको २४ दशमलव २१ (२४ दशमलव दुई एक) प्रतिशतका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण, आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्तिलगायतका सबै प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा सेयरधनीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त सभामा सेयरधनीहरुले दिएका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोयलले जवाफ दिएका थिए । सेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दा नै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनीलाई थप हौसला मिलेको कम्पनीका अध्यक्ष गोयलले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया