फुडमाण्डुले १०औँ वार्षिकोत्सवको अवसरमा १० वटा स्टार्टअपसँग सहकार्य गर्ने
काठमाडौं ।
सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १०औँ वार्षिकोत्सवको मनाइरहेको छ । १०औँ वार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिनसम्म सहकार्य गर्ने जनाएको छ ।
कम्पनीका अनुसार सस्तो डिल, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टिक, कटन मिल्स, खाली सिसी, ब्रज ब्युटी तथा सजिलो मर्मत सेवाजस्ता स्टार्टअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् । जसअन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरुमार्फत फुडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सरप्राइज दिने योजना भएको कम्पनीका ब्राण्ड मार्केटिङ एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी दिए ।
त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चित सामानहरु पनि ग्राहकहरुले आफ्नो प्लेटफर्ममार्फत अर्डर गर्नसक्ने व्यवस्था मिलाएको छ । ‘यस प्रकारको कार्यले नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुबारे जानकारी अभिवृद्धि हुने पनि आशा लिएका छौँ’, कम्पनीका संस्थापक मनोहर अधिकारीले भने ।
कम्पनीले यस अवसर पारेर यही नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ । जसअन्तर्गत २५ भन्दा बढी रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ । साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक दिनेछ । यसका साथै कम्पनीले फुडमाण्डू फ्रेस अफिसियल लोगो सार्वजनिक गरेको छ ।
फुडमाण्डु फ्रेसले फ्रेस ग्रोसरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोसरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ । यसमा फ्रेस भेजिटेबल, फ्रोजन मिट, बेकरी आइटम र फलफूललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेको छ । यसैगरी कम्पनीले नयाँ सेवा ‘फुडमाण्डु गो’को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ । जसअन्तर्गत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक फ्लिटलाई प्रयोग गर्नसक्ने फुडमाण्डुका ब्राण्ड मार्केटिङ एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले बताए ।
‘फुडमाण्डु गो रेष्टुरेन्टहरुको व्यवसायलाई सपोर्ट गर्न र उनीहरुको सेवा विस्तार गर्न उपयोगी हुने गरी ल्याइएको छ’, ब्राण्ड मार्केटिङ एण्ड सेल्स प्रमुख मालीले भने । नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक एक हजारभन्दा बढी फुड डेलिभरी गर्दै आएको छ, जसले नेपालमा २५० जनाभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ । कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा समेत विस्तार गर्दै लाने उद्देश्य लिएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया