कतार एयरवेजद्वारा यात्रुहरुको सुविधाका लागि टिकटको थप विकल्प
काठमाडौं ।
कतार एयरवेजले आफ्ना यात्रुहरुलाई थप सुविधा एवं विकल्प प्रदान गर्ने क्रममा सम्पूर्ण टिकट श्रेणीमा नयाँ एवं सरल टिकट विकल्पहरु ल्याएको छ । कतार एयरवेजले अबदेखि ६ श्रेणीमा टिकटहरु वितरण गर्ने बताएको छ । कम्पनीका अनुसार बिजनेस क्लासमा क्लासिक, कम्फर्ट, इलाइट र इकनमीमा क्लासिक, कन्भिनियन्स, कम्फर्ट टिकटहरु वितरण गर्नेछ । यात्रुहरुले आफ्नो रोजाइमा विभिन्न प्रकारको टिकटअनुसार सेवा सुविधा प्राप्त गर्नेछन् । जस्तै, इकनमी क्लास टिकट खरिद गर्ने यात्रुले प्रत्येक एक श्रेणीमाथिको टिकट खरिदमा थप पाँच किलो ब्यागेज आफूसँग लग्न पाउनेछन् ।
इकनमी क्लास कम्फर्ट टिकट खरिद गर्ने यात्रुले थप सुविधास्वरुप आफूले इच्छाएको सिट छनौट गर्ने पाउनेछन् भने इकनमी कम्फर्ट वा बिजनेस एलिट टिकट खरिद गर्ने यात्रुले यात्राको मिति असीमित परिवर्तन र विना कुनै शुल्क टिकट शुल्क फिर्ताको सुविधा पाउनेछन् । त्यसैगरी सबै श्रेणीमा कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरुले थप क्युमाइल्स प्राप्त गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया