Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतिहारको अवसरमा टेलिकमको विशेष अफर

तिहारको अवसरमा टेलिकमको विशेष अफर


काठमाडौं ।
नेपाल टेलिकमले यो तिहार, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ ।
कम्पनीले फेस्टिभल अफरका रुपमा दशैँको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको हो । यी अफरहरु काग तिहार शुक्रबारदेखि छठ पर्व मंसिर ५ गतेसम्म उपलब्ध हुने कम्पनीको भनाइ छ । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु पनि शुक्रबारबाटै लागू हुनेछन् । कम्पनीका अनुसार दशैँमा उपलब्ध गराइएको फेस्टिभल अफरलाई पुनः निरन्तरता दिइएको छ । फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको ब्यालेन्स टप अप गर्दा बोनस पाइनेछ ।

रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि पाँच मिनेट बोनस, कार्डबाट एक सय रुपैयाँ वा एमपोसबाट ५१ देखि एक सय रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट बोनस, रिचार्ज कार्डबाट दुई सय रुपैयाँ वा एमपोसबाट एक सय एकदेखि दुई सय रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट बोनस, एमपोसबाट २ सय १ देखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट बोनस, रिचार्ज कार्डबाट ५ सय वा एमपोसबाट ५ सयदेखि ९ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस र रिचार्ज कार्डबाट एक हजार वा एमपोसबाट एक हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट बोनस पाइने कम्पनीले जनाएको छ ।

यसैगरी कम्पनीले सात दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन सय मिनेट र २८ दिनका लागि प्रतिदिन सय मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । सात दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य ९५ रुपैयाँ हुनेछ भने २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य तीन सय ७५ रुपैयाँ हुनेछ । यी प्याकअन्तर्गत क्रमशः सात सय र २८ सय मिनेट भ्वाइस कल गर्न सकिनेछ । यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइस समेत उपलब्ध गराइएको छ ।

यसअन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि ९५ रुपैयाँमा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जीबी डाटा चलाउन सकिनेछ । साथै तीन सय ७५ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा तीन सय ९२ मिनेट भ्वाइस कल र २८ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । ग्राहकको सहजताका लागि सबै किसिमका डाटाका साथै फेसबुक र युट्युब चलाउन मिल्ने गरी लार्ज सोसियल मिडिया प्याकमा समेत छुट उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार एक सय ८० रुपैयाँमा सात दिनका लागि अल डाटा चार जीबी र प्रत्येक दिन एक जीबी फेसबुक तथा युट्युब चलाउने गरी सात जीबीसहित जम्मा ११ जीबी डाटा, पाँच सय ९९ रुपैयाँमा अल डाटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन एक जीबी गरी फेसबुक तथा युट्युब चलाउन २८ जीबीसहित जम्मा ३८ जीबी डाटा उपलब्ध गराउने जनाएको छ । यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट चौबीसै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने एक जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिनेछ । युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

साथै कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा पाँच सय ९९ रुपैयाँको नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरेको छ भने सात सय ४९ रुपैयाँको प्याकमा डाटा भोल्युम परिमार्जन गरिएको छ । अब पाँच सय ९९ रुपैयाँमा ३० दिनसम्म चलाउन मिल्ने गरी प्याक लिन सकिनेछ ।

सो प्याक प्रयोग गरी चार सय मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डाटा चलाउन र दुई सयवटा एसएमएस पठाउन सकिनेछ । यसैगरी सात सय ४९ रुपैयाँको ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिनेछ र यसबाट आठ सय मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया