Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई भेन्यु डिजिटल अभियानका विजेताहरु घोषित

हुन्डाई भेन्यु डिजिटल अभियानका विजेताहरु घोषित


काठमाडौं, पुस १५
नेपालका लागि हुन्डाई अटोमोबाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । हुन्डाई भेन्युको प्रवर्द्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरुमध्ये ‘स्पट दि भेन्यु’मा १०६ प्रतियोगिहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’मा ७ सय १६ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

अत्यधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरु लक्की–ड्रबाट छानिएको हो । स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नुपर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा ह्याक्स हुन्डाई भेन्यू, ह्याक्स इन्टरनेश्नल डेस्टिनेसन (सिंगापुर/मलेसिया/ थाइल्याण्ड/दुवई ) र ह्याक्स डोमेस्टिक डेस्टिनेसनमा (पोखरा/चितवन/नगरकोट/धुलिखेल) उल्लेख गर्नुपर्ने थियो । लक्की ड्रमार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेशनल ट्रिपको प्याकेज जितेका छन् ।

त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिताअन्तर्गत प्रतियोगिहरुले नेपालभर रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगीमध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र इन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा/चितवन/नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।

हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा भव्यताका साथ बिक्रीवितरण सुरु गरिएको थियो । सुरुवातकै छोटो अवधिमा हुन्डाई भेन्युले अटोमोवाइल बजारमा आफ्नो वर्चस्व कायम गरेको छ । अटोमोबाइल बजारमा निकै राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आई.सी.ओ.टी. वाई २०२० को अन्तर्गत भारतीय कार अफ दि इयर अवार्ड पनि प्राप्त गरेको छ । यस विधामा पुरष्कृत हुने भेन्यु हुन्डाईको छैटौं मोडेल बन्न पुगेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x