Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअंग्रेजी नयाँ वर्षमा टेलिकमको नयाँ अफर

अंग्रेजी नयाँ वर्षमा टेलिकमको नयाँ अफर


काठमाडौं, पुस १५
नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध गराउने भएको छ । पुस १६ अर्थात् २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ । सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

यस अघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ । नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए पनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ । यसबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x