महामारीमा पनि दराज ११.११ को बिक्रीले कीर्तिमान बनायो
काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बाबजुद पनि ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११.११ सुरू भएको पहिलो घण्टभित्र दराजले दुई करोड २२ लाख रुपैयाँको बिक्री दर्ता गरेको थियो, जुन गत वर्षभन्दा ६० प्रतिशत बढी हो । कम्पनीका अनुसार यस अभियानको दौरान दराजमा पाँच लाखभन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति थियो । सात हजारभन्दा बढी बिक्रेताहरूले २८ विभिन्न सहरहरूमा व्यापार गर्न सफल भएको कम्पनीले जनाएको छ । वालेट र कार्डमार्फत गरिने अनलाइन पेमेन्टमा पनि गत वर्षभन्दा उल्लेखनीय बढी वृद्धि देखिएको कम्पनीको भनाइ छ, जुन पूरै सेलको ४५ प्रतिशत थियो ।
कम्पनीका अनुसार यस वर्षको ११.११ मा गत वर्षभन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको छ । अभियानको उल्लेखनीय हाइलाइटहरूमध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टाभित्रै बिक्री भइसकेको थियो । बजारमा महामारीको कारण कम व्यापार भइरहेको बेला ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान साबित भएको कम्पनीको दाबी छ ।
विशेष गरी साना र मझौला आकारका उद्यमहरूको लागि (एसएमई) ११.११ मा भएको कुल व्यापार संख्यामा २० प्रतिशत जति एसएमईहरूद्वारा उत्पन्न भएको थियो । यी एसएमईहरु दराजको सहयात्री कार्यक्रमद्वारा दराजमा दर्ता भएका थिए । उक्त कार्यक्रम विशेषगरी महामारीको बखत एसएमईहरुलाई सहयोग गर्न दराजले लिएर आएको थियो ।
मुलुकको चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गरी उपभोक्ता र बिक्रेता दुवैको लागि केही सकारात्मक चिज ल्याउन सफल भएको दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंगले बताए । उनका अनुुसार यस वर्षको ११.११ मा गत दुई वर्षभन्दा अझ बढी प्रयोगकर्ताहरू, बिक्रेताहरू, खरिददारहरू थिए । साथै सबैभन्दा पहिलो डेलिभरी ११.११ कै दिन ८ बजे भएको थियो । ग्राहकहरूले उनीहरूको अर्डर समयमै पु¥याउनका लागि कम्पनीले सात सय थप डेलिभरीकर्मीहरू थपेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया