टीभीएसको म्याक्स सेमी ट्रेल बाइक नेपाली बजारमा
काठमाडौं, पुस १५
नेपालको लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टीभीएस म्याक्स सेमी ट्रेल १२५ सिसिको बिक्री सुरु गरेको छ । कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं पीपीएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टीभीएस म्याक्सलाई सार्वजनिक गरेका हुन् । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेलपछि उनीहरुले उक्त मोटरसाइकल सार्वजनिक गर्दै बिक्री प्रारम्भ भएको जानकारी गराएका हुन् । अफ् रोड टायर, हाई ग्राउण्ड क्लियरेन्स, ब्याकबोन च्यासिस, सिरिज स्पिङ्ग टेक्नोलोजीलगायतका विशेषता उक्त मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ ।
टीभीएस म्याक्स सेमी ट्रेलमोटरसाइकलको निर्माण अत्यधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरुले भरपूर रहेको कम्पनीको दाबी छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथपर्याप्त सवार गर्न सकिन्छ । टीभीएस म्याक्स सेमी ट्रेल देशभर रहेका टीभीएस शो रुमहरुमा उपलब्ध गराइएको कम्पनीले बताएको छ । हाल यसको बजार मूल्य दुई लाख ३९ हजार नौ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया