Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘शिलान्यास रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक

‘शिलान्यास रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक


काठमाडौं ।
निर्माणकार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको छ  । उक्त योजनाअन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।

कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिपोर्ट नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिनेछ । नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम एक सय बोरा खरिद गरिएको हुनुपर्नेछ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्रि नम्बर १६६००११२४४४ (नेपाल टेलिकम) ९८०१५७२११२ (एनसेल)मा सम्पर्क गर्न सक्नेछन् । साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । यो योजना प्रथम पाँच सय जागरुक उपभोक्तालाई लक्षित गरिएको छ । साथै मंसिर महिनाभरिको लागि लागू हुनेछ ।

योजना हाललाई काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको छ । हाल कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको हो । आगामी दिनहरुमा यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया