वृज सिमेन्टद्वारा ‘एक्सपर्ट मेशन क्लब’का सदस्यलाई उपहार वितरण
काठमाडौं ।
वृज सिमेन्ट इ. प्रालिले एक्सपर्ट मेशन क्लबअन्तर्गत रही कार्य गर्ने दुई सय जना निर्माणकर्मीहरूलाई उपहार प्रदान गरेको छ । यसअन्तर्गत विभिन्न क्षेत्रका निर्माणकर्मीहरूलाई ३२ इन्चको टिभी, मोबाइल, भाइब्रेटर, भ्याकुम क्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए ।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले निर्माण क्षेत्रमा कार्यरत कामदारहरूको हौसला र सुरक्षाको लागि विगत वर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरूलाई एकताबद्ध गराई उनीहरूको हौसला र सुरक्षाको लागि कार्य गर्दछ । वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ, यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।
साथै कम्पनीले विभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरूमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरूलाई ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध गरेर उनीहरूको निःशुल्क रुपमा पाँच लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधा पनि उपल्ब्ध गराएको छ । यस कार्यबाट कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेको जनाएको छ । उक्त कार्यक्रमलाई अझै फलदायी बनाउनको लागि कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध निर्माणकर्मी साथीहरूलाई उपहारसहित पासबुक समेत वितरण गरेको छ । यस योजनाअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरू खरिद गरी योजनामा सहभागी हुनसक्ने जनाएकोे छ ।
कम्पनीले सुरुवात गरको एक्सपर्ट मेसन क्लब योजनाको औपचारिक रुपमा काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरीकोट, धादिङ, त्रिशूली, आँबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिलेसम्म कम्पनीले २ हजार ५ सयभन्दा बढी निर्माणकर्मीहरूलाई ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध गरिसकेको जनाएको छ ।
कम्पनीले बढीभन्दा बढी निर्माणकर्मीलाई यस क्लबमा आबद्ध गराई, भइपरी आउने दुर्घटनाबाट उनीहरूको सुरक्षित महशुस गराउने जनाएको छ । वर्षौँदेखि आफ्नो ग्राहकहरूबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफ्ना उत्पादनलाई ग्राहकहरूको बीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि कम्पनीले नयाँ ढंगबाट एक्सपोर्ट च्वाइससहित बजार प्रवद्र्धन सुरु गरिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया