रोयल इन्फिल्ड ब्राण्डको दुई मोटरसाइकल सार्वजनिक
काठमाडौं ।
रोयल इन्फिल्ड ब्रान्डले आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३ सय ५० सीसीको सिंगल भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरू एयरब्रोन ब्लु र स्ट्रोमराइडर स्यान्ड सार्वजनिक गरेको छ । रेट्रो लुक्स र म्याटफिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीसी पनि राखिएको छ । सुरुवाती दिनहरूदेखि नै सफलता हासिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलहरूले आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको हो । आजको नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए पनि यस मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीको भनाइ छ । साथै अझ धेरै मानिसहरूको मनमा बस्ने कम्पनीको दाबी छ ।
नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा क्लासिक तीन सय ५० बिक्री प्रवर्द्धन सुरु गर्ने भएको छ । यस्को मूल्य ५ लाख ९९ हजार नौ सय ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यी मोटरसाइकलको आइतबारदेखि बुकिङ तथा बिक्रीवितरण सुरु गरिने कम्पनीको भनाइ छ । सन् २००८ देखि बिक्रीवितरणमा आएको रोयल इन्फिल्ड क्लासिक ३ सय ५० मोडेलका मोटरसाइकलहरूले दोस्रो विश्वयुद्धपश्चात् ब्रिटिश मोटरसाइकलहरूको स्मरण गराउँछ, जुन सरल तर एकदमै मजबुत थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया